१ कार्तिक २०८३, शनिबार

विपक्षी दलहरूले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार भोलि बिहान टुङ्गो लगाउने (भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठकले आइतबार बिहानसम्म राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाउने भएका छन् ।

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा शनिबार बसेको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा मनोनयन दर्ता गराउने निर्णय गर्दै आइतबार बिहानसम्ममा उम्मेद्वारको टुङ्गो लगाउने निष्कर्षका निकालेको हो ।

बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संघीय संसदमा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रहेर छलफल भएको बताए । आइतबार बिहानसम्ममा यस सम्बन्धमा आवश्यक निर्णय गर्ने उनले जानकारी दिए ।

उनले रवि लामिछानेको वर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्म ढङ्गले नियालिरहेको पनि बताएका छन् ।