
काठमाडौं, २१ माघ । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ ।
यस्तो नयाँ सेवाको हिजो शुक्रबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुङ्गानाले शुभारम्भ गरिन् । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो ।
फोन पेले अनलाइनबाट गिफ्ट दिन मिल्ने नयाँ सुविधा ल्याएको छ । फोन पेले सार्वजनिक गरेका नवीनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यवसायका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ ।
फोन–पेले विगत तीन वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पेमा अहिलेसम्म रु एक करोड ६० लाख प्रयोगकर्ता जोडिएका छन् भने ११ लाखभन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।















प्रतिक्रिया