१ कार्तिक २०८३, शनिबार

नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरू, माधव नेपालले पेश गरे २५ पृष्ठको प्रतिवेदन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक ललितपुरको बालकुमारीमा सुरू भएको छ ।

भोलि आइतबारसम्म जारी रहने बैठकमा अध्यक्ष माधवकुमार नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने आजै महासचिव डा. वेदुराम भुसालले पनि साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

बैठक अवधिमा यी दुवै विषयहरूमा नेताहरूले छलफल गर्नेछन् । अध्यक्ष नेपालको प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवम् घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीतिलगायत विषय समावेश गरिएको बताइएको छ ।