१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के–के भयो छलफल ?

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा अन्योलता बढिरहेका बेला उच्चस्तरीय संयन्त्रका प्रमुख समेत रहेका ओलीले प्रधानमन्त्री प्रचण्डसँग थप परामर्श गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा दिएको समयसीमा पनि आज सकिदै छ । सोही परिस्थितिलाई दृष्टिगत गर्दै आज बिहानै दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

भेटमा सत्ता गठबन्धनलाई मिलाएर लैजाने विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ ।

नागरिकता विवादमा मुछिएर सबै पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइै पुन: गृहमन्त्री नबनाउने प्रधानमन्त्री प्रचण्डको अडानका कारण सत्ता गठबन्धन नै धरापमा पर्ने खतरा सृजना भएको छ ।

गैरसांसदलाई पनि मन्त्री बनाउन मिल्ने व्यवस्थालाई टेकेर रवि लामिछानेलाई पुन: गृहमन्त्रीमा नियुक्त गरिनुपर्ने दबाब प्रधानमन्त्रीलाई छ ।