१ कार्तिक २०८३, शनिबार

‘७० प्रतिशत जनशक्ति प्राविधिक शिक्षाबाट उत्पादन गर्ने अभियान मैले अगाडि बढाएको हुँ’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २० माघ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई व्यावहारिक र प्राविधिक शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताएका छन् ।

शुक्रबार गृहनगर झापाको दमकमा दमक बहुप्राविधिक शिक्षालयको शैक्षिक भवन शिलान्यास गर्दै अध्यक्ष ओलीले उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदै गर्दा नै नेपालमा ७० प्रतिशत जनशक्ति प्राविधिक शिक्षाबाट उत्पादन गर्ने अभियान अगाडि बढाएको जानकारी दिए ।

सोही अभियान अन्तर्गत अहिले सीटीईभीटीले देशैभरि आफ्ना कार्यक्रम अघि बढाएको र ३० प्रतिशत शिक्षामात्र अप्राविधिक रहने ओलीले बताए । प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगार, स्वरोजगार सृजना हुने उनको भनाइ छ ।

झापामा बहुप्राविधिक शिक्षा अध्ययनको अवसर सृजनापछि यस क्षेत्रमा रोजगारी सृजनामा सहज बनाउने विश्वास गरिएको छ । सबैलाई स्थानीय ठाउँमा नै दक्ष योग्य बनाउने आफ्नो योजना रहेको अध्यक्ष ओलीले बताए । यस्ता प्राविधिक शिक्षालय अन्य क्षेत्रमा समेत विस्तार गरेर लैजान आवश्यक रहेको उनको भनाइ छ ।

‘जीवन, पेशा, व्यवसायसँग व्यावहारिक रूपमा नजोडिएको शिक्षाले बेरोजगारमात्र उत्पादन हुन्छ तसर्थ अबको शिक्षा अन्तर्राष्ट्रिय स्तरसँग जोडिएको हुनुपर्छ,’ अध्यक्ष ओलीले भने ।