१ कार्तिक २०८३, शनिबार

किरण र करिष्माको अभिनयमा ‘फूल देखेँ’ सार्वजनिक (भिडिओ)

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । गायक किरण भुजेल र गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ’ सार्वजनिक भएको छ ।

भिडियोसहित सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमी, प्रेमिकाबीचको भावनात्मक प्रेमलाई समेटिएको छ ।

देवेन्द्र कुँवरको निर्देशन रहेको भिडिओमा करिष्मा ढकाल र किरण भुजेलको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो दिनसन शाहले सम्पादन गरेका हुन् ।

केही अगाडि प्रमिला बस्नेतको शब्दमा ‘दोहोरी बस्दा’ बोलको गीत बजारमा आएको थियो । जसले राम्रो चर्चा पाएको थियो ।