१ कार्तिक २०८३, आइतबार

सन्दीपबारे गगन थापा भन्छन्- बलात्कार अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन हुन्न

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् ।

थापाले बलात्कार जस्तो गम्भीर अभियोग लागेका व्यक्तिले कुनै पनि बाहानामा बिशेषाधिकार पाउन नहुने बताएका छन् । उनले आफूले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेर अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको सन्दीपको विषयमा हतारमा कुनै पनि निर्णय नलिन आग्रह गरेको तर त्यसो हुन नसकेको बताएका छन् ।

‘अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्नु भएको छ। मेरो धारणा स्पष्ट छ –बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न। एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन। पुन: दोहोर्‍याउन चाहन्छु–बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ,’ उनले लेखेका छन्।