१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय फुटबल खेलाडी विदेशिने क्रम रोकिएन, सुनसान बन्दै नेपाली फुटबल

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम रोकिएको छैन ।

राष्ट्रिय खेलाडीहरु निरन्तर विदेश पलायन भइरहेका छन् । यसरी विदेशिने खेलाडीहरुको सूचीमा उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका र सिनियर टिमबाटै अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडीहरुको बाहुल्य छ ।

यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया लागेका छन्। नेपाली घरेलु फुटबल र राष्ट्रिय टिममा राम्रो प्रदर्शन गरिरहेका खेलाडी विशाल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका हुन्।

शुक्रबार मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठ लगायत खेलाडीहरुले विशाललाई उज्ज्वल भविष्यको शुभकामनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन् ।

म्यानेजर श्रेष्ठले विदाईको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । हालसम्म लगभग ३० जनाभन्दा धेरै खेलाडी नेपाल छोडेर अस्ट्रेलिया पुगेका छन् । यस साता नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी २४ घन्टाको अन्तरमा अस्ट्रेलिया पुगे ।

गत मंगलबार तीन नियमित सदस्य तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अस्ट्रेलिया गएका थिए ।