१ कार्तिक २०८३, शनिबार

बडागाउँको भीरमा अड्किएका गिरीको सकुशल उद्वार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २० माघ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भीरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले आज सकुशल उद्वार गरेको छ ।

सोही नगरपालिका वडा नं. ७ दुर्लुङ्गचोक निवासी ५३ वर्षिय गौतम गिरी हिड्ने क्रममा हिजो बिहीबार भीरमा खसेका थिए ।

भीरमा अड्किएका गिरीको सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले रोप रेस्क्यु विधि अपनाई करिब १५ मिटर तलबाट सशुकल उद्वार गरेको हो ।

उद्वारपश्चात उनलाई उपचारका लागि जिल्ला अस्पताल पर्वतमा पठाइएको छ । उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।