१ कार्तिक २०८३, आइतबार

मलेसियामा नेपालीले पनि स्थानीय कामदारअनुसार सेवा सुविधा पाउने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । मलेसिया सरकारले नेपाली कामदारलाई आफ्नै देशको कामदारअनुसार सेवा सुविधा दिने प्रतिवद्धता जनाएको छ ।

नेपाल भ्रमणमा रहेका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच शुक्रबार काठमाडौंमा भएको छलफलका क्रममा नेपाली कामदारहरुलाई मलेसियाको स्थानीय कामदार सरह सेवा सुविधा दिने प्रद्धिवद्धता जनाएका हुन् ।

मलेसियामा नेपाली कामदार पठाउदा सिपयुक्त बनाएर पठाउने जिम्मेवारी आफूहरुको रहेको र सेवा सुविधामा कुनै कमी हुन नदिने मलेसियाको प्रतिवद्धता रहेको मन्त्री अर्यालले जानकारी दिए ।

बैठकमा श्रम सम्झौता नवीकरण गर्न मलेसियाको प्रस्ताव रहेको र आवश्यक सुधार गरी नवीकरण गर्ने कुरा भएको मन्त्री अर्यालले बताए । त्यस्तै मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसियामा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको बताए ।

मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको र यसले नेपाली कामदारलाई फाइदा हुने उनले जानकारी दिए । मलेसियन सरकारले कामदार सहज भर्ना प्रक्रिया र पुन: क्यालिब्रेसन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।