१ कार्तिक २०८३, आइतबार

रास्वपा खारेज निवेदनमा आयोगको प्रष्टीकरण- दल खारेजको माग गर्ने अधिकार अरुलाई छैन

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । निर्वाचन आयोगले दर्ता भएको दल खारेजको माग गर्ने अधिकार कोही व्यक्तिलाई नभएको बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको सन्दर्भमा बोल्दै प्रमुख निर्वाचन अधिकृत दिनेशकुमार थपलियाले दल दर्ताको माग गर्ने अधिकार कोही व्यक्तिलाई नहुने बताएका हुन् ।

थपलियाले दलसम्बन्धी विवाद कानुन बमोजिम टुंगो लगाउने बताए ।

‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन । यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन,’ थपलियाले भने ।

आयोगमा परेको निवेदनलाई कानुन सम्भव रुपमा समयमै निरुपण गर्ने थपलियाले बताए ।