१ कार्तिक २०८३, आइतबार

नेता घनश्याम भुसाल गाडी चलाउँदा चलाउँदै बेहोस, अस्पताल भर्ना

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भूसाल अस्पताल भर्ना भएका छन् ।

घरबाट आफै गाडी चलाएर निस्किएका भूसाल बाटोमै बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो ।

उनी आफै गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका बताइएको छ । उनी बानेश्वर पुगेर बेहोस भएका थिए । उनको अहिले बानेश्वरकै सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।