
काठमाडौं, २० माघ । रौतहटमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।
चन्द्रपुर नगरपालिका-६ का ३२ वर्षीय प्रकाश राईले बुवा ५५ वर्षीय निरकुमार राईको हत्या गरेका हुन् ।
प्रकाशले बुवाको दाउराको चिरपटले हानी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घरायसी विवादका क्रममा छोरा प्रकाशले बुवाको हत्या गरेका हुन् ।
प्रकाशलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया