१ कार्तिक २०८३, आइतबार

सन्दीपलाई धरौटीमा छोड्ने निर्णयको कागजात झिकाउन सर्वोच्च अदालतको आदेश

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० माघ । बलात्कार आरोप खेपिरहेको क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेशविरुद्व परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ ।

शुक्रबार भएको सुनुवाईमा सर्वोच्चले कागजात माग गरेको हो । सर्वोच्चले मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी सम्पूर्ण कागजात झिकाउन आदेश दिएको हो ।

गत पुस २८ गते उच्च अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।