
काठमाडौं, २० माघ । हिजो बिहीबार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी आज शुक्रबार जेल चलान भएका छन् ।
१३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद चौधरी जेल चलान भएका हुन् । उनी हिजो बाँकेबाट पक्राय परेका थिए ।
सांसद चौधरीलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका हुन् ।















प्रतिक्रिया