१ कार्तिक २०८३, शनिबार

गृह मन्त्रालयबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले दियो दुई दिनको समय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयको सम्बन्धमा निर्णय गर्न दुई दिनको समय दिएको छ ।

बसुन्धरास्थित पार्टी कार्यालयमा आज साँझ बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिने निर्णय गरेको हो ।

आजको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई दिनको समय दिन अनुरोध गरेपछि पार्टीले यस्तो निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।