
काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय समिति र सचिवालयको संयुक्त बैठकले थप दुई दिन कुर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए ।
बैठककै माझमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले सभापति रवि लामिछानेलाई फोन गरेर दुई दिन कुर्न आग्रह गरेपछि दुई दिन समय दिइएको ढकालले बताए ।
२ दिनको बीचमा उच्चस्तरीय संयन्त्रको बैठक बस्ने र आवश्यक निर्णय गर्ने प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीको आग्रहपछि आफूहरु कुर्न तयार भएको ढकालले बताए ।















प्रतिक्रिया