१ कार्तिक २०८३, आइतबार

नेकपा एसले सरकारकाबारेमा केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक मार्फत देशको समसामयिक स्थिति, सरकार लगाएतका बिषयमा धारणा बनाउने तयारी गरेको छ ।

पार्टी कार्यालयमा बिहीबार बसेको सचिवालय बैठकमा माघ २१ र २२ गते केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा छलफल भएको र सोही बैठकले मुलुकको पछिल्लो राजनीतिक तथा समसामयिक स्थिति र सरकारकाबारेमा निर्णय लिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल भएको र परिमार्जन गरी प्रस्तुत गर्ने निर्णय भएको उनले बताए ।

प्रवक्ता खतिवडाले संगठन निर्माण , व्यवस्थीत तथा पुर्नगठन, पार्टीका सबै तहका कमिटीहरुलाई अधिवेशन गर्ने दिशातर्फ लाने लगायतका बिषयका कार्ययोजना बनाइएको र अन्तिम रुप दिन बाँकी रहेको जानकारी दिए ।