
काठमाडौं, १९ माघ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्व परेको रिटको सुनुवाई भोलि शुक्रबार हुने भएको छ ।
उच्च अदालतको आदेशविरुद्व महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो ।
महान्यायधिवक्ताको कार्यालयले सन्दीपलाई रिहा गर्ने आदेश बदर गर्न माग गर्दै कारागारमै राखेर अनुसन्धान गर्न माग गरिएको छ ।
उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।















प्रतिक्रिया