१ कार्तिक २०८३, आइतबार

रवि लामिछाने लेख्छन्- मलाई भन्न, लेख्न केही बाँकी भए भनिहाल्नुहोला, मौनता आजसम्म मात्रै हो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई केही भन्न, लेख्न बाँकी रहेको भए भनिहाल्न भनेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले कडा प्रतिक्रिया दिएका हुन् । उनले अब आफू चुप लागने नबस्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन,’।

नागरिकता मुद्दामा सर्वोच्चको फैसलापछि खासै केही प्रतिक्रिया नदिएका लामिछानेले पछिल्लो प्रतिक्रिया दिएका हुन् ।

गृहमन्त्रालयको विवाद चलिरहेका बेला उनको पछिल्लो प्रतिक्रियाले सबैमा चासो बढेको छ ।