१ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभा उपाध्यक्ष पदमा पनि उम्मेदवारी दिने काँग्रेसको निर्णय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । नेपाली काँग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा पनि उम्मेदवारी दिने भएको छ ।

बिहीबार बिहान बसेको संसदीय दल कार्यसमितिको बैठकले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

तर, उम्मेदवार भने टुँगो लागेको छैन । अन्य दलहरुसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने काँग्रेसको तयारी छ ।राष्ट्रियसभा उपाध्यक्षका लागि माघ २३ गते निर्वाचन हुँदैछ।

त्यस्तै बैठकले संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनमा बोलाउने निर्णय भएको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका लागि पार्टीका तर्फबाट तयारी भइरहेको पनि उनले जानकारी दिए । मुख्य सचेतक लेखकले पार्टी संसदभित्रको काममा व्यस्त भएकाले केन्द्रीय कार्यसमितिको बैठक केहि समयमा लागि सारिएको जानकारी दिए ।