– सुशिल नेपाल
पाल्पा । चर्चित पाल्पाली लोक गायक तथा शब्द संकलक हुम गैरेले भूकम्पसम्बन्धि नयाँ गीत बजारमा ल्याएका छन् । विशाल डिजिटल प्रालिको प्रस्तुतिमा ल्याइएको गीतमा उनकै लय शब्द तथा स्वर रहेको छ भने विवि अनुरागीको संगीत संयोजन रहेको छ । कति जना भूकम्पमा परेर बेपत्ता भएका छन, कति मरे, अझ पनि कति मरेको आशंका गरिएको छ । दैनिक रुपमा लासको संख्या बढी गनिरहेका छौँ हामी । यस्तो अवस्थामा उक्त गीतले आफन्त खोज्न पनि आग्रह गरेको गायक गैरेले दैनिक नेपाललाई बताए ।
नेपालीले जुन पीडा भोगिरहेका छन् । १२ गते आएको भुइँचालोले देशमा पारेको पीडा र मर्कालाई गीतमार्फत उजागर गर्न खोजिएको गायक गैरेले बताए । यो गीतको म्युजिक भिडियोकोे छायांकन पनि अब चाँडै नै काठमाडौंको क्षति भएका धरोहर तथा सम्पदामै पुगेर गरिने समेत उनले बताए ।
उनले ल्याएको गीतको बोल यस्तो छ………
घर ढलेर बाटो छेकेको ।
आफन्तलाई सम्पर्क भाछैन त्यहि भएर यो गीत लेखेको ।
बैशाख १२ दिन रैछ कालो ।
काल बनेर आयो नि भुइचाँलो ।
घर ढलेर बाटो छेकेको ।
आफन्तलाई सम्पर्क भाछैन त्यहि भएर यो गीत लेखेको ।
रमाई रमाई गरिस नि मस्ति ।
शुन्य पारिस पल भरमै गाँउ बस्ति ।
घर ढलेर बाटो छेकेको ।
आफन्तलाई सम्पर्क भाछैन त्यहि भएर यो गीत लेखेको ।
दुख पिडा बर्साको बर्साई छ ।
अझै पनि तर्साको तसाई छ ।
घर ढलेर बाटो छेकेको ।
आफन्तलाई सम्पर्क भाछैन त्यहि भएर यो गीत लेखेको ।
















प्रतिक्रिया