
काठमाडौं, १८ माघ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन् ।
सीईओ प्रविण बस्नेतसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी छन् ।
उनीहरूले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको ऋण दिएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले विभिन्न नक्कली कम्पनी समेत खडा गरेर ऋण दिएको पाइएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया