१ कार्तिक २०८३, आइतबार

टुकुचा खोला उत्खनन रोक्न उच्च अदालतको आदेश

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । काठमाडौं महानगरपालिकाले गरिरहेको टुकुचा खोला उत्खनन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनले बुधबार टुकुचा खोला नभत्काउन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भएको ठहर गरेको हो ।

काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो ।

हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए।