३० आश्विन २०८३, शुक्रबार

अब प्रतिअन्डाको मूल्य रु आठ मात्रै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eggकाठमाडौँ, ४ जेठ । उपभोक्ताले अवदेखि प्रतिअन्डाको मूल्य रु आठ मात्रै तिरे पुग्ने भएको छ ।

भूकम्पबाट प्रभावितलाई प्रोटिनयुक्त खाद्य तत्वको अभाव भएको भन्दै नेपाल अन्डा उत्पादक सङ्घले अन्डाको मूल्य घटाएको हो । यसअघि उपभोक्ताले प्रतिअन्डाको मूल्य रु १३ को हाराहारीमा तिर्ने गरेका थिए ।

विपद्का वखत उपभोक्तालाई सहयोगस्वरुप अन्डाको मूल्य घटाइएको सङ्घले आज सूचना जारी गरेर स्पष्ट पारेको छ । आजदेखि केही दिनका लागि उपभोक्ता मूल्य घटाएर रु आठ मात्रै निर्धारण गरिएको सङ्घले जनाएको छ ।

प्रतिअन्डा रु आठमा उपलब्ध गराएर सहयोग गर्न पनि सङ्घले सबै अन्डा व्यवसायीलार्ई आग्रह गरेको छ । रासस