१ कार्तिक २०८३, आइतबार

किसानहरुले अप्रिय निर्णय नगरुञ्जेल कुरेर बस्ने हो ?: गगनकुमार थापा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारले साना किसानले दिने बाचा गरेको क्षतिपूर्ति उपलब्ध नगराएकोमा ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले अहिले सयौँ किसानहरु कृषि मन्त्रालयमा धाएर रोइ कराई गरिरहेका भन्दै अझै पनि सरकारले किसानलाई झुलाउने काम गरिरहेकोे आरोप लगाए ।

बैंकबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानहरुका कुखुरा बर्डफ्लुको कारण देखाँदै नष्ट गरिएका तर सरकारले दिनुपर्ने क्षतिपूर्ति ५८ करोड अझैसम्म नदिएको उनले बताए ।

‘किसानहरुले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन दिन्छु भन्छ तर दिँदैन सरकार झुलाउँछ । बैंकले उनीहरुलाई अँठ्याउँछ । सरकारलाई प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगरुञ्जेल कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउने समिति बनाउने कि सरकारले निर्णय गरेको रकम दिने हो ?’ थापाले प्रश्न गरे ।