१ कार्तिक २०८३, आइतबार

पाँच वर्षअघि श्रीमती र छोराले हत्या गरेर गाडे, बल्ल भेट्यो प्रहरीले शव

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । जाजरकोटमा ५ वर्षअघि हत्या गरेर गाडिएको एक व्यक्तिको शव फेला परेको छ ।

भेरी नगरपालिका–६ सिस्नेका काले कामीको शव पाँच वर्षपछि फेला परेको हो । उनको श्रीमती भद्रकला कामी र दुई छोराहरु तुल्सीराम कामी र गोविन्द कामीले हत्या गरेर शौचालयको खाडलमा गाडेका थिए ।

२०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । गुपचुप राखिएको घटनाबारे यही माघ १७ गते प्रहरीले गोप्य सूचना पाएपछि खोजतलास गरेको थियो ।

खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेट्टाएको छ ।

भद्रकला र दुई छोराहरुलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।