१ कार्तिक २०८३, आइतबार

अमेरिकी अधिकारीको नेपालमा धौडधूप: यूएसएआईडी प्रमुख सामन्था नेपाल आउँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । कतिपयले यसलाई अस्वभाविक भएको टिप्पणीसमेत गरिरहेका छन् ।

केहि दिनअघि दुई दिने नेपाल भ्रमण सकेर अमेरिकी राजीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड फर्केलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुने भएको छ ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पोवेर नेपाल आउने भएकी हुन् । यूएसएआईडीले बुधबार विज्ञप्ति जारी गर्दै पावरले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर्ने उल्लेख गरेको छ ।

उनी क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । साथै, उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् ।

सामन्थाले नेपालमा विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेटेर छलफल गर्ने बताइएको छ ।