उर्लाबारी । मिस लिम्बू विष्णु चेम्जोङ, फष्ट रनरअफ मेरिना चेम्जोङसहितको टोलीले भूकम्प प्रभावित दोलखा र नुवाकोट क्षेत्रका पीडितलाई सहयोग गरेका छन् ।
औषधिका साथ राहत सामग्री लिएर मिस लिम्बू टिमसहित जिल्ला प्रशासनसँग समन्वय गरेर दोलखाको गैरीमुदे–८ का २ सय २५ परिवारलाई राहत वितरण गरिएको छ भने नुवाकोटको पिपल–९ का एक सय परिवारलाई राहत वितरण गरेको मोडल तथा हट नेपाली न्यूज डटकमका अध्यक्ष पूर्ण सिंगक लिम्बुले बताएका छन् ।
टोलीले उक्त क्षेत्रमा त्रिपाल, चामल, नुन तेल, सुत्केरी महिला र बालबालिकालाई चाहिने पोषणयुक्त खाद्य पदार्थ, औषधि, सेनिटरी प्याड, बिस्कुट, ग्लुकोजलगायत साम्रगी सहयोग गरेको छ । गीतकार तथा याक्थुङ युथ एसोसिएसनकी संयोजक मीना सिंगक लगायत मिस लिम्बु, कुलझोडा समूह र अरनीको हस्पिटलको टिमले दोलखा र नुवाकोटमा राहत वितरण गरेको हो ।
देश शोकमा डुवेको कारण सबैको साथ र सहयोगको खाँचो रहेको मिस लिम्बू बिष्णु चेम्जोङको भनाई छ । मोरङको राजघाटको कुलझोडा समूह र अरनिको हस्पिटल उर्लाबारीसँग मिलेर मिस लिम्बुको टिमले राहत वितरण गरेको हो ।















प्रतिक्रिया