काठमाडौं, ४ जेठ । सामाजिक सञ्जाल फेसबुकमा आफ्नै साथीको फेक प्रोफाइल बनाएर अश्लील तस्वीर पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् ।
फेसबुकमा विभिन्न पेजहरु बनाएर आफ्नै महिला साथीको विभिन्न अश्लील तस्वीर, भिडियो पोष्ट गरेको आरोपमा धनुषा घर भएका २८ वर्षीयसन्तोष कुमार रौनियारलाई शुक्रबार काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
प्रहरीका अनुसार रौनियारले फेसबुको बिभिन्न पेजहरुमा फेक प्रोफाईल मार्फत आफ्नै महिला साथीको विभिन्न अश्लील तस्विर, भिडियो पोष्ट गरी धम्कीपूर्ण एसएमएस समेत पठाई मानसिक यातना दिई डरत्रास देखाई व्यक्तिगत मान मार्यादामा आच आउने किसिमको कार्य गरेको बताइएको छ ।
अभियुक्त रौनियारलाई विद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौमा पठाईएको छ ।















प्रतिक्रिया