
चन्द्रौटा (कपिलवस्तु), १८ माघ । कपिलवस्तुको चन्द्रौटास्थित सुगम ढुवानी सेवाका सञ्चालक सफल युवा व्यवसायी गोविन्द केसीले एक विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेका छन् ।
शिवराज नगरपालिकाको वडा नम्बर १ मा रहेको सरस्वती आधारभूत विद्यालय शिवपुरलाई केसीले ७ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री सहयोग गरेका हुन् ।
नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ (१) का क्षेत्रीय सभापति समेत रहेका युवा नेता केसीले मानव स्वास्थ्यका लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
खेलकुदले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक रुपमा चौतर्फी विकासमा टेवा पुग्ने हुँदा शैक्षिक क्षेत्रमा थोरै भए पनि सहयोग गरेको केसीले बताए ।
बालबालिकाहरूलाई खेलप्रति रुची, झुकाव र जागरुकता बढ्ने बताउँदै विद्यालयलाई सो सामग्री उपलब्ध गराएको उनले जनाए । यसबाट विद्यालयको अतिरिक्त क्रियाकलापहरुमा सहयोग पुग्नुको साथै मनोरञ्जन र विद्यार्थीहरुको विद्यालयप्रति आकर्षण बढ्ने केसीको विश्वास छ ।
केसीबाट विद्यालयलाई भलिबल र नेट १ सेट, फुटबल १ थान, साना बल २ थान, ब्याडमिन्टन ४ सेट र कक सहयोग प्राप्त भएको प्रधानाध्यापक सीताराम चौधरीले जानकारी दिएका छन् ।















प्रतिक्रिया