५ कार्तिक २०८३, बिहिबार

भूकम्पबाट घर भत्किएर भाग्न नसक्दा २४ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamapa-houseदमक, ४ जेठ । विनाशकारी भूकम्पमा परी मुलुकभर अपाङ्गता भएका २४ जनाको ज्यान गएको छ । धेरैजसो ती अपाङ्गताहरुले आ–आफ्ना घरभित्र पुरिएर ज्यान गुमाएका अपाङ्गताका क्षेत्रमा कार्यरत एक संस्थाले जनाएको छ ।

नेपाल अपाङ्ग महासङ्घका पूर्व अध्यक्ष वीरेन्द्रकुमार पोखरेलका अनुसार अपाङ्गता भएकामध्ये सबैभन्दा बढी सात जनाले मध्यपहाडी जिल्ला रसुवामा ज्यान गुमाएका छन् ।

यसैगरी सिन्धुपाल्चोकमा चार, धादिङमा पाँच, गोरखामा चार, दोलखामा दुई र भक्तपुरमा दुई जना अपाङ्गता भएकाको भूकम्पमा परी ज्यान गएको छ । भूकम्पमा परेर ४२५ अपाङ्ग घाइते भएका उहाँले बताउनुभयो । भूकम्पमा घाइते भएकामध्ये तीन हजार सबलाङ्ग अपाङ्ग हुने जोखिम रहेको जानकारी पनि उहाँले दिनुभयो । रासस