
काठमाडौं, १७ माघ । लुम्बिनी प्रदेशमा अब १० वटा मात्रै मन्त्रालय रहने भएको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकले १३ वटाबाट घटाएर दशवटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो । यस्तै, राज्यमन्त्री पनि नराखिने भएको छ ।
यसअघि लुम्बिनीमा ४ राज्यमन्त्रीगरी १७ जना मन्त्री थिए । लुम्बिनीमा हालसम्म भागबण्डा टुंगिन सकेको छैन । एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी बिना विभागीय मन्त्री बनेका छन् ।
यी हुन् अब रहने मन्त्रालयहरु
– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
– आर्थिक मामिला मन्त्रालय
– आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय
– भौतिक पूर्वाधार विकास मन्त्रालय
– जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय
– स्वास्थ्य मन्त्रालय
– सामाजिक विकास मन्त्रालय
– यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय
– वन तथा वातावारण मन्त्रालय
– कृषि तथा सहकारी मन्त्रालय















प्रतिक्रिया