
काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
ओलीलाई भेट्न लामिछाने ओली निवास बालकोटमै पुगेका थिए । नागरिकता पुन: प्राप्ति गरेपछि फेरि गृहमन्त्रालयमै फर्कन चाहेका लामिछानेले ओलीसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रविलाई फर्काउन नचाहेका बेला ओली भने रविकै पक्षमा छन् ।
ओलीले रविलाई आफू सरकार गठनका बेलामा भएको सहमतिमा अठिग भएको बताएका थिए ।















प्रतिक्रिया