
काठमाडौं, १७ माघ । संखुवासभामा निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ भत्किँदा एकजनाको मृत्यु भएको छ ।
चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा सुरुङ भत्किएर सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते भएका छन् ।
निर्माणाधीन अरुण तेस्रो नौ सय मेगावाटको हो ।















प्रतिक्रिया