
काठमाडौं, १७ माघ । केहि दिनअघि काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ ।
आचार्यले आत्मदाह गर्नुअघि लेखेका स्टाटसमा महतोको नाम पनि उल्लेख गरेका थिए । आफूसँग सामान लिएर भुक्तानी नदिएको आरोप आचार्यले लगाएका छन् ।
महतोको कम्पनी नेपाल ग्रामोध्योगलाई घ्यु दिएको तर पछि कम्पनीले पैसा नदिएको आचार्यले उल्लेख गरेका छन् ।
महतो गैर आवासिय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षसमेत हुन् ।















प्रतिक्रिया