गौशाला, ४ जेठ । विषादी सेवनबाट महोत्तरीको बदिया बन्चौरी गाविसमा गएराति एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बदिया बन्चौरी–४ बस्ने वृजलाल सहनीकी ४८ वर्षीया पत्नी सुकमारी देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार गएराति ८ बजेको समयमा वृजलालले आफ्नी पत्नी सुकमारीलाई गालीगलौज गरेपछि उनले रिसको झोकमा खेतबारीमा कीरा मार्न प्रयोग गर्ने नाम नखुलेको बिषादी सेवन गरेकी थिइन् । पत्नी सुकमारीको मृत्युपश्चात् प्रहरीले पति वृजलाललाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ । रासस















प्रतिक्रिया