
काठमाडौं, १६ माघ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन् ।
न्युल्यान्डले आज बिहान देउवा निवास धुम्बाराहीमा पुगेर देउवासँग भेट गरेकी हुन् ।
देउवासँग भेट गर्नुअघि उनले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार पुगेर भेट गरेकी थिइन् ।
सभापति देउवा र न्युल्याण्डबीच द्विपक्षीय सम्बन्ध सहयोग आदान प्रदान लगायतका विषयमा छलफल भएको बताइएको छ ।















प्रतिक्रिया