काठमाडौं, ४ जेठ । दक्षिण कोरियामा रोजगारीका लागि आएर अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई सरकारले धमाधम पक्राउ गर्न लागेको छ ।
अध्यागमन विभागले केही दिनयता अवैधानिक कामदारलाई पक्राउ गर्दै स्वदेश फकाईरहेको कारोवार दैनिकले छापेको छ ।
अध्यागमनले हालै ख्वान्जुस्थित प्लाष्टिक कम्पनीमा काम गरिरहेका थापा थरका एक नेपाली युवकलाई पक्राउ गरि स्वदेश पठाएको छ ।
१२ वर्षअघि कोरिया आएका उनी लुकेर बस्दै आएका थिए ।
यसअघि छनान क्षेत्रबाट १८ जना नेपाली पक्राउ परेका थिए ।















प्रतिक्रिया