२ कार्तिक २०८३, सोमबार

विश्व खाद्य कार्यक्रमको चामल कालो र डल्लो, पीडितले कसरी खाने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wfp-Nepalनुवाकोट, ४ जेठ । नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितलाई विश्व खाद्य कार्यक्रममार्फत् वितरण गरेको चामल अखाद्य भएको भेटिएको छ ।

राहतका नाममा बाँडिएको चामल कालो र डल्ला परेको भेटिएपछि पीडित आक्रोशित भएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा आइतबार दलका प्रतिनिधिले गुणस्तरहीन चामल वितरण भएको भन्दै आक्रोश पोखेका थिए ।

विदुर नगरपालिका–४ र सुनखानी गाविसमा वितरण भएको चामल कालो र डल्ला परेको फेला परेको हो ।

भूकम्पपीडितका लागि दिइएको चामल कुहिएर कालो भएको र डल्ला परेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत कृष्ण पुडासैनीले बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘चामल हेर्दा कालो र डल्ला परेका छ, खान हुने नहुने भन्न सकिन्न,’ अधिकृत पुडासैनीले भने ।