५ कार्तिक २०८३, बिहिबार

पूर्व राजा ज्ञानेन्द्र नयाँदिल्ली प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-Shahकाठमाडौँ, ३ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाह भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

उहाँ नयाँदिल्लीमा उपचारको क्रममा रहनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्था बुझ्न आज त्यसतर्फ जानुभएको हो ।

पूर्व रानी शाहको नयाँदिल्लीस्थित फोर्टिज स्कट हर्ट इन्स्टिच्युटमा तीन सातादेखि उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको बताइएको छ ।

शाहको साथमा पूर्व युवराज्ञी हिमानी शाहसमेत जानुभएको हिमानीको सञ्चार सहयोगी अस्मिता भण्डारीले जानकारी दिनुभयो । रासस