चरिकोट (दोलखा), ३ जेठ । पहिरोपछि भीरबाट खसेको ढुङ्गा लागेर दोलखामा आज एक जनाको मृत्यु भएको छ ।
कालिञ्चोक गाविस–७ का २५ वर्षीय भीमबहादुर तामाङको चांैरी गाई चराउन गएका बेला आज दिउँसो खोपाचाँगु भन्ने ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक सन्तकुमार लामाले जानकारी दिनुभयो ।
हालैको भूकम्पपछि जिल्लाका अधिकांश भागमा सुख्खा पहिरो जाने क्रम कायमै रहेको छ । रासस















प्रतिक्रिया