
काठमाडौं, ११ माघ । अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरीया नुल्यान्ड नेपाल आउने भएकी छिन् ।
विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री नुल्यान्ड कहिले आउने भन्नेबारेमा भने निश्चित भइसकेको छैन । उनी के कति कारणले नेपाल आउन लागेकी हुन् भन्ने पनि खुलाइएको छैन ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको पहिलो भ्रमण हो ।
नुल्यान्ड यसअघि जेठ ६ गते अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणमा काठमाडौं आएकी थिइन् ।















प्रतिक्रिया