१ कार्तिक २०८३, आइतबार

सौन्दर्य प्रतियोगिता सञ्चालक मनोज पाण्डे दोषी ठहर

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । काठमाडौं जिल्ला अदालतले ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई दोषी ठहर गरेको छ।

मंगलबार न्यायाधीश दीपक खनालको इजलासले पाण्डेलाई दोषी ठहर गर्दै ६ महिना कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।

२०७० सालमा एक किशोरीलाई बाल यौन दुरुपयोग तथा विभिन्न स्थानमा लगी शारीरिक शोषण गरेको अभियोगमा सरकारले पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा दायर गरेको थियो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने छ । अर्को पेशी माघ २३ गतेका लागि तोकिएको छ ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ दफा ८ र ९ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा छुट्टै सुनुवाइको व्यवस्था गर्नुपर्ने व्यवस्था छ ।

मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पाण्डेविरुद्व जाहेरी परेको थियो । प्रहरीले जेठ ७ गते स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो।