
काठमाडौं, १० माघ । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मंगलबार ३ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएसँगै सरकारले पूर्णता पाएको हो ।
मन्त्रीमा नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर, वेदबहादुर गुरुङ ‘श्याम’ र माओवादीबाट रेशमबहादुर जुग्जाली रहेका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ गराएका हुन् ।
मुख्यमन्त्री खगराज अधिकारीले यसअघि ४ सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् ।
















प्रतिक्रिया