
काठमाडौं, १० माघ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
आत्मदाह प्रयास गर्नेमा इलामका प्रेम प्रसाद आचार्य रहेका छन् । भित्र संसद चलिरहेका बेला उनले बाहिर आत्मदाहको प्रयास गरेका हुन् ।
पेट्रोल छर्केर आगो लगाउँदा लगाउँदै उनलाई प्रहरीले उद्दार गरेको थियो । उनको कीर्तिपुर अस्पतालमा उपचार भएरहेको छ ।
उनले के कारणले आत्मदाहको प्रयास गरे भन्ने खुल्न सकेको छैन ।















प्रतिक्रिया