
काठमाडौं, १० माघ । स्पट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर मेहबुव आलम र आदिल अन्सारीमाथि प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको छ ।
सोमबार पक्राउ परेका मेहबुव र आदिललाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाउने प्रहरीले ५ दिनको म्याद लिएको हो ।
काठमाडौंमा भएको नेपाल टी-ट्वेन्टी लिगमा भएको स्पट फिक्सिङमा मेहबुव र आदिलसहित ४ जना नेपाली खेलाडी र ६ जना अन्तर्राष्ट्रिय खेलाडी संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।















प्रतिक्रिया