
काडमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
यस्तै, दुई शीर्ष नेताबीच प्रदेश सरकार विस्तारको विषयमा पनि छलफल भएको जानकारी दिइएको छ ।















प्रतिक्रिया