
काठमाडौं, १० माघ । नेकपा एमालेका सांसद रघुवीर महासेठले हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई अपराधी करार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले अपराधी भन्दै सम्बोधन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
महासेठले कोइरी पार्टीको सम्पर्कमा नरहेका भन्दै प्रहरीले हिरासतमा लिएको भए सार्वजनिक गर्न माग गरे । यसअघिको सरकारले कोइरीलाई समाजेवी पदकबाट सम्मान गर्न सिफारिस गरेको भन्दै महासेठले अपराधी नै भए किन पदकका लागि सिफारिस गरियो ? भन्दै प्रश्न गरे ।
कोइरीको मुद्दा सात वर्षअघिको भएको भन्दै यसअघिको सरकारले किन पक्राउ गरेन भन्दै प्रश्न उठाएका छन् ।















प्रतिक्रिया