१ कार्तिक २०८३, आइतबार

आइओएमका विद्यार्थीमाथि प्रहरीद्वारा लाठीचार्ज

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले लाठिचार्ज गरेको हो । आइओएम सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो ।

विद्यार्थीहरुले प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका छन् । प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ ।